बलात्कार मुद्दामा सिद्धबाबाले पाए सफाइ

विराटनगर, २२ मंसिर । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा पुर्पपक्षका लागि कारागार चलान भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सोमवार सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिने फैसला गरेको हो । यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

तिनै तहका अदालतले कारागार चलानको आदेश दिएपछि गिरी त्यसविरूद्ध फैसला माग्दै जिल्ला अदालत सुनसरी अदालतमा निवेदन दिन पुगेका थिए । चताराधाम आश्रमका सिद्धबाबाविरुद्ध २०७६÷९÷१० गते मुद्दा दायर भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस