अन्तोगत्वा मैले सिउँदोमा सिन्दुर भरेंः नायिका श्वेता

 

यतिबेला सर्वाधिक चर्चामा रहेकी नायिका श्वेता खड्का सोमवार वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।

धनगढी निवासी विजयेन्द्र सिहं रावतसँग उनी दाम्पत्य जिवनमा बाँधिएकी हुन् । उनीहरु बिच विगत केही समयदेखि प्रेम सम्वन्ध रहँदैआएको थियो । काठमाण्डौ स्थित गोकर्ण रिसोर्टमा श्वेता र विजयेन्द्र बिच विवाह सम्पन्न भएको छ ।

नायिका श्वेता ‘कहाँ भेटिएला’ चलचित्रबाट नेपाली सिनेमामा प्रवेश गरेकी थिईन् । २०७१ साल असार २३ गते चर्चित नायक श्रीकृष्ण श्रेष्ठसँग श्वेताले विवाह गरेकी थिइन् । उनको विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । श्रीकृष्णको मृत्यु पश्चात उनी एक्लै बस्दैआएकी थिईन् ।

नायिका श्वेताले विवाह पश्चात आफ्नो फेसबुक पेज मार्फत सबैलाई धन्यवाद दिँदै नेपाली सिनेमा क्षेत्रलाई थप उचाई दिन आफु प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले यस्तो लेखेकी छिन्ः

अन्तोगत्वाः मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा सञ्चारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ ।

मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पु¥याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका व्यवसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ ।

मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु । म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु ।

अतः मलाई तपाईहरु सम्पुर्णको साथ , सल्लाह , सुझावका साथै शुभआशिर्वादको आवश्कता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।

तपाईकी उही छोरी/चेली
श्वेता खड्का

Author:



क्याटोगरी छान्‍नुहोस