रौतहटकी एक महिलाले जन्माईन् तीन शिशु

 

विरगञ्ज, २५ मंसिर । विरगञ्ज महानगरपालिका लक्षमणवा स्थित रहेका तराई अस्पतालमा एक महिलाले एक साथ तीन वटा सन्तानलाई जन्मदिएकी छिन् ।

जिल्ला रौतहट बन्कुलटोलकी २२ वर्षीय अनिता देवीले एक्कै साथ २ छोरा र एक छोरी गरी तीन जना बच्चालाई जन्म दिएकी छिन् । एक, एक, मिनटको फरकमा तीन वटै बच्चाको जन्म भएको अस्पतालका चिकित्सक डा. तरन्नुम खातुनले जानकारी दिएकी छिन् ।

जन्म लिएका बच्चाहरुमध्ये दुई जना बालक र एक जना बालिका रहेकालाई अस्पतालबाट विशेष सुविधा दिई तिनै जनालाई आईसियु कक्षमा राखिएको छ । बच्चाहरु जनम लिंदा पहिलो बच्चाको वजन एक किलो ७ सय ग्राम, दोश्रो एक किलो ९८० ग्राम र तेश्रो बच्चा एक किलो ६ सय ग्राम रहेको अस्पताल का प्रशासन प्रमुख शिवशंकर पटेलले जानकारी दिएका छन् ।

आमा अनिता देवीका श्रीमान् र उनका आफन्तहरु ३ वटै बच्चाहरु सकुशल भएको देखेर हर्षित भएका छन् । अस्पताल श्रोतका अनुसार जन्मिएका बच्चाहरु को शारिरीक अवस्था पूर्ण रुपमा स्वस्थ्य भएको चिकित्सक श्रोतले जनाएको छ ।

तीन बच्चालाई जन्म दिएकी अनिता देवी ।

Author:



क्याटोगरी छान्‍नुहोस