जसपा अध्यक्ष उपेन्द्रका दाजु डम्बरको निधन

राजविराज, २५ मंसिर । जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवका दाजु डम्बर यादवको बुधबार राती निधन भएको छ ।

साबिक ठेगाना भगवतपुर ४ मझौरा, सप्तरी हाल बराह नगरपालिका ११ मधुवन सुनसरीका ७० वर्षीया यादवको निधन भएको हो । सप्तरीको भगवतपुर निवासी धनीलाल यादव र फुलनीदेवी यादवका जेठो छोरा डम्बर तथा कान्छो उपेन्द्र हुन् । मृतक यादव सुनसरीको मधुवनमा बस्दैआएका थिए ।

समाजवादी पार्टीका अध्यक्ष यादवका दाजु डम्बरको निधनप्रति जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष विजय कुमार यादवले शोक व्यक्त गरेका छन् । विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।

यसैगरी सप्तरीको महदेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले विहीबारै एक प्रेस विज्ञप्ति जारी गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस