राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने अभियानमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री साह

राजविराज, २५ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजना गरिएको वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधी छिन्नमस्ता स्पोर्ट्स क्लवले हात पारेको छ । बरही थान पोखरी खेलमैदानमा विहिवार सम्पन्न फाइनल खेलमा वडा नम्वर ७ लाई हराउँदै छिन्नमस्ता स्पोर्ट्स क्लवले उपाधी हात पारेको हो ।

गाँउपालिको सहयोग तथा छिन्नमस्ता स्पोर्ट्स क्लव बरही बिरपुरले आयोजना गरेको फाइनल खेलमा टस जितेर ब्याटिङ गर्दै वडा नम्वर ७ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५० रनको योगफल तयार पारे । वडा ७ का लागि भुपेन्द्र यादवले ४०, सुशील यादवले २१, अनिल शर्माले १९ रन जोडे । बलिङ्गतर्फ छिन्नमस्ता स्पोर्ट्स क्लवका उपेन्द्र राय, इन्द्रजित राय र गुनानन्द रायले २–२ तथा रितिक रायले १ विकेट लिए ।

प्रतिउत्तरमा जवाफी ब्याटिङ मैदान र्ओलेका छिन्नमस्ता स्पोर्ट्स क्लवले १९ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै आफ्नो लक्ष्य हासिल गरे । छिन्नमस्ता स्पोट्र्स क्लवका लागि उपेन्द्र रायले आक्रामक ब्याटिङ गर्दै ८७ रन तयार गरे ।

यसैगरी बिकि रायले १६, गुनानन्द रायले १२, रबि रायले पनि १० रनको योगदान दिए । बलिङतर्फ छिन्नमस्ता वडा नम्वर ७ का अनिल शर्मा, पृतेश यादव र पृतेश यादवले १–१ विकेट लिए । फाइनल खेलको म्यान अफ दी म्याच, म्यान अफ दि सिरिज, बेस्ट ब्यट्सम्यान, बेस्ट बलर पनि छिन्नमस्ता स्पोर्ट्स क्लबकै उपेन्द्र राय घोषित भए ।

यसैगरी बेस्ट फिल्डर राजु राय तथा उदयमान खेलाडीको रुपमा वडा नम्वर ७ का अनिल शर्मा र स्पोर्ट्स क्लवका इन्द्रजित राय घोषित भएको आयोजकले जनाएको छ । खेल समापनपछि आयोजित एक सम्मारोहका बीच विजेता र उप विजेतलाई पुरस्कार प्रदान गरिएको छ ।

क्लवका संरक्षक तिर्थ नारायण रायको अध्यक्षता र प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विजेता र उप विजेतलाई पुरस्कार प्रदान गरिएको हो । सो कार्यक्रममा बोल्दै मन्त्री साहले छिन्नमस्ता स्पोर्ट्स क्लले थालेको राष्ट्रिय स्तरको क्रीकेट मैदान बनाउने अभियानमा आफु समेत सरिक भएर हरेक किसिमले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी गाउँपालिका अध्यक्ष सुर्य नारायण मण्डलले मैदान निर्माणमा आफुहरुले यसै बर्षमा बजेट विनियोजन गरि काम शुरु गर्ने बताए । गाउँपालिका उपाध्यक्ष उषा मण्डलले खेल र खेलाडीको मनोवल बढाउने खालका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा छिन्नमस्ता वडा नम्वर १ का अध्यक्ष बिनोद यादव लगायत लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन छिन्नमस्ता स्पोर्ट्स क्लवका अध्यक्ष रवी रायले गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस