विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो

जनकपुरधाम । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ७ करोड नाघेको छ । वल्र्डोमिटर्सको शुक्रवार अद्यावधिक तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ६ लाख ७८ हजार ६८४ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ करोड ७ लाख २० हजार ३१७ पुगेको छ ।

सोही अवधिमा विश्वभर कोरोना संक्रमणबाट थप १२ हजार ६६९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख ८८ हजार ४३७ पुगेको छ । यसैगरी संक्रमतिमध्ये हालसम्म ४ करोड ९१ लाख ४८ हजार ३३८ निको भएका छन् ।

हाल विश्वभर १ करोड ९९ लाख ८३ हजार ५४२ जना कोरोनाका सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १ लाख छ हजार ६७२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस