पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए, १३५९ जना डिस्चार्ज

जनकपुरधाम, २७ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा शनिवार ८९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।

यसैगरी पछिल्लो घण्टामा २४ घण्टामा १ हजार ३५९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ । हाल सक्रिय संक्रमित ११ हजार ६७३ रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ हजार ६८९ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस