राजविराज, २८ मंसिर । मलेसियाको जोहरबारु वाथुआहातस्थित रामा टेक्स टाइल कम्पनीमा कार्यरत एक नेपाली कामदारको गए राति निधन भएको छ ।
कम्पनीमा स्कृन प्रिन्ट अपरेटर पदमा विगत ५ वर्षदेखि कार्यरत रहेका सिन्दुली निवासी २९ वर्षीय सुर्यबहादुर तामाङको निधन भएको हो ।
राति खाना खाएर सुतेका तामाङ विहान अबेरसम्म नउठेपछि साथीहरुले उठाउन जाँदा मृत अवस्थामा पाइएको सोही ठाउँमा कार्यरत रहेका रमेशकुमार शर्माले मधेश लाइभलाई जानकारी दिए ।