राजविराज, २८ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
शनिवार रातीदेखि नै लागु हुने गरी आयल निगमले डिजेल र मट्टितेलमा दुई रुपैयाँ र पेट्रोलमा एक रुपैयाँ मूल्य वृद्धि गरेको हो । भारतीय आयल कर्पोरेशनले डिसेम्बर १ देखि मूल्य वृद्धि गरेपछि निगम मूल्य वृद्धि गरेको छ ।
नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ, डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ निर्धारण गरेको छ ।