सप्तरीमा दशगज्जाबाट डिजलसहित तीन जना पक्राउ, रिहाईको माग गर्दै प्रदर्शन

राजविराज, २८ मंसिर । सप्तरीमा नेपाल–भारत सिमा क्षेत्रबाट पेट्रोलियम पदार्थसहित पक्राउ परेकाहरुको रिहाईको माग गर्दै स्थानीयहरुले आइतवार ईलाका प्रहरी कार्यालय छिन्नमस्ता घेराउ गरी प्रदर्शन थालेको छ ।

आइतवारै छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डललाई पेट्रोलियम पदार्थसहित प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयहरु आन्दोलित भएका हुन् ।

दुई वटा मोटरसाईकल र एक वटा साईकलमा गरी एक सयभन्दा बढी लिटर डिजल बोकेको तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तीनै जनाको रिहाई नभएसम्म प्रदर्शन जारी नै राख्ने स्थानीयहरुको कडान छ ।

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले पेट्रोलियम पदार्थको तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएका तीनै जनामाथि कानूनी प्रक्रिया अघि बढाइने बताए । ‘सूचनाको आधारमा खटिएको टोलीले तीनै जनालाई दशगज्जा क्षेत्रबाटै नियन्त्रणमा लिइएको हो’ उनले भने–‘नेपालबाट डिजल खरिद गरी भारततर्फ पुर्याइरहेको पाइएकोले पक्राउ परेकालाई रिहा गर्ने कुरा हुँदैन, कानून अनुसार नै हुन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस