सिरहामा ८ कठ्ठामा लगाइएको गाँजा बोट फडानी

लहान, २८ मंसिर । सिरहाको धनगदीमाई नगरपालिका–१४ गागनका स्थानीयहरुले ८ कठ्ठामा लगाएको गाँजा खेती फडानी गरिएको छ ।

ईलाका प्रहरी कार्यालय विष्णपुरकट्टीबाट खटिएको प्रहरी टोलीले सो गाँजा खेती फडानी गरेको हो । गाँजा खेती फडानी गरी झण्डै ४ हजार गाँजा बोट नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस