प्रदेश २ मा कति छन् सक्रिय कोरोना संक्रमित ? [विस्तृत विवरण]

जनकपुरधाम, २ पौष । प्रदेश २ मा आज थप १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार सवैभन्दा बढी सप्तरीमा संक्रमित थपिएको हो । सप्तरीमा मात्रै ८ जना थपिएको छ भने धनुषामा २, सिरहा र बारामा १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

बलान विहुल गाउँपालिका–४ का ४७ वर्षीय पुरुष, सप्तकोशी नगरपालिका–४ का ४६ वर्षीया महिला र ४२ वर्षीय पुरुष, रुपनी गाउँपालिका–२ का १७, २१ र ३६ वर्षीया महिला तथा वडा नम्वर ६ का ५६ वर्षीया महिला र ८७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत विपिनकुमार यादवले जानकारी दिए ।

यसैगरी धनुषाको कमला नगरपालिकाका ४५ वर्षीय पुरुष र मिथिला नगरपालिकाका ४३ वर्षीय पुरुष, सिरहाको मिर्चैया नगरपालिका–७ का ७२ वर्षीय पुरुष, बाराको कलैया उपमहानगरपालिका–७ का २४ वर्षीया महिलामा संक्रमण देखिएको छ ।

यससँगै प्रदेश २ मा हालसम्म २ हजार २४८ महिला र १४ हजार ४० पुरुष गरी १६ हजार ९८८ जना संक्रमित भएको हुन् । यसैगरी पछिल्लो २४ घण्टामा २ महिला र ११ पुरुष गरी १३ जना संक्रमणभुक्त भएका छन् । यससँगै हालसम्म १६ हजार २५३ कोरोनामुक्त भएका हुन् । हाल प्रदेश २ मा ४३३ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट हालसम्म २०२ जनाको मृत्यु

यस प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ३९ महिला र १६३ पुरुष गरी २०२ जनाको मृत्यु भएको छ ।

जसमा पर्सामा ५१ (१ जना भारतीय), सप्तरीमा ४०, सिरहामा २५, बारामा २२, धनुषामा २१, महोत्तरीमा १८, सर्लाहीमा १४ र रौतहटमा १० जनाको मृत्यु स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस