परालले छोपिएको अवस्थामा भेटियो बालकको शव

राजविराज, ३ पौष । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ मा विहिवार दिउँसोबाट हराएका बालक मृत अवस्थामा फेला परेको छ ।

सकरपुराका रोहित मुखियाका ५ वर्षीय छोरा आनन्द मुखियाको शव परालले छोपिएको अवस्थामा शुक्रवार फेला परेको हो । खेल्न निस्केका बालक घर नर्फिएपछि वेलुका ९ बजेतिर प्रहरीमा खबर गरेका थिए ।

खोजी गर्ने क्रममा शुक्रबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए । उनका अनुसार ट्याक्टरबाट ठक्कर लागेर बालकको मृत्यु भएपछि चालकले शव परालको थुप्रोमा लुकाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सोही गाउँका स १ त ७७५२ नम्बर ट्याक्टर पनि नियन्त्रणमा लिइसकेको र चालक फरार रहेकाले खोजी कार्य भइरहेको डिएसपी साहले बताए । शव शल्यक्रिया (पोष्टमार्टम)का लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस