२४ घण्टामा ६५९ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

जनकपुरधाम, १३ पौष । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २४ घण्टामा ७१८ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५० हजार ५८१ जना पुगेको छ । हाल ६ हजार ४२७ सक्रिय संक्रमित छन् ।

सोही अवधिमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८३२ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस