शितलहरबाट मानव जीवन जोगाउन प्रदेश सरकार सम्वेदनशिल छ : मन्त्री साह

राजविराज, १३ पौष । चिसोबाट जोगिनकालागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गरिब, दलित एवम् विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।

राजविराज स्थित मन्त्री साहको सम्पर्क कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच ६० जनालाई कम्बल वितरण गरिएको हो । उनले व्यक्तिगत रुपमा महदेवा गाउँपालिकाको वडा नम्वर १, २, ४, ५ र ६ गरिब, दलित एवम् विपन्न परिवारलाई कम्बल उपलब्ध गराएका छन् ।

जनता समाजवादी पार्टीका महदेवा गाउँपालिका समितिका अध्यक्ष दिपनारायण यादवको समन्वयमा कम्बल वितरण गरिएको पार्टीका युवा नेता लक्ष्मण यादवले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा पार्टीका प्रदेश सचिव दिनेश कुमार यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, प्रेस नेपाल प्रदेश नम्वर २ का अध्यक्ष श्यामसुन्दर यादव, स्वकीय सचिव उपेन्द्र साह, युवा नेता नवनित झा, पत्रकार चन्दन यादव लगायतले कम्बल हस्तान्तरण गरेका छन् ।

सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदे मन्त्री साहले जाडो एवम् शितलहरबाट जोगिनकालागि अति विपन्नलाई सामान्य सहयोग गरेको र आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने बताए ।

यो वर्ष हालसम्म अति उग्र रुपमा शितलहर नरहे पनि मानव जीवन जोगाउन प्रदेश सरकार सम्वेदनशिल रहेको तथा तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस