मेयर यादवद्वारा विद्यालय भवन र गेटको शिलान्यास

उमेश कुमार साह
बोदे बरसाईन, २९ पुस । सप्तरीको बोदे बरसाईन नगरपालिका–८ काचनमा श्री राजाजी जनता माध्यमिक विद्यालयमा २१ लाख रुपैयाँको लागतमा विद्यालय भवन र गेट निर्माण हुने भएको छ । निर्माण हुन लागेको दुई कोठे भवन र गेटको बुधवार आयोजित एक कार्यक्रमका बीच मेयर आतेश कुमार सिंह यादवले शिलान्यास गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मनाथ यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मेयर यादवले भवन र गेटको शिलान्यास गरेका हुन् । सो कार्यक्रममा सोही वडाका वडाध्यक्ष लक्ष्मी साह, नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगत, वडा सदस्यहरु पुरन यादव र शिव कुमार ठाकुर, स्थानीय जिवछु चौधरी, करमैत यादव, ईन्द्र देव ठाकुर लगायतको उपस्थिति थियो ।

चैत्र मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको दुई कोठे भवन निर्माण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट १६ लाख रुपैया र मूल गेट निर्माण गर्न नगरपालिकाबाट ५ लाख रुपैयाँ प्राप्त भएको विद्यालयका प्रधानाध्यपक सत्य नारायण यादवले मधेश लाइभलाई जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस