प्रदेश २ मा थप दुई विधेयक प्रमाणीकरण

जनकपुरधाम । प्रदेश २ मा बुधवार थप दुई वटा विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बालबालिकाको हक अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

केही महिनाअघि प्रदेश सभाबाट पारित भएर आएका दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख कार्यालयका अनुसार योसँगै प्रदेशमा हालसम्म ३८ वटा विधेयक प्रमाणीकरण भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस