प्रदेश २ मा आज सार्वजनिक विदा

जनकपुर, ५ माघ । प्रदेश २ सरकारले वलिदानी दिवस मनाउन आज सार्वजनिक विदा दिएको छ । मधेश आन्दोलनको स्मृति मनाउन प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

दिवस मनाउन प्रदेश सरकाले ३ वर्षदेखि माघ ५ गते सार्वजनिक विदा दिँदै आएको छ । २०६३ साल माघ ५ गते सिराहा जिल्लाको लहानमा विद्यार्थी रमेश महतो सहिद भएका थिए । सहिद महतोको सम्झनामा वलिदानी दिवस मनाइँदै आएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस