जातीय समाजद्वारा दुई जनालाई आर्थिक सहयोग

जनकपुर । चमार कल्याण समाजले दुई जनालाई आर्थिक सहयोग गरेको छ । समाजले महोतरीको महोतरी नगरपालिका–२ अन्हैठाकी मनतोरीयादेवी महरा र रामगोपालपुर नगरपालिका–८ थलहीका युवा विद्यार्थी रामइश्वर महरालाई पढाई खर्चको लागि आर्थिक सहयोग गरेको हो ।

मनतोरीयादेवीलाई २८ हजार ५ सय रुपैयाँ र जनकपुरको मोडेल क्याम्पसमा विविएसमा अध्यनरत रामइश्वरलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको समाजले जनाएको छ । मनोरियाको पति रामसकल महरा वैदेशिक रोजगारीको क्रममा मलेसियामा हुँदा नै मृगौलामा समस्या देखिएपछि घर फर्किएका थिए । आर्थिक अभावका कारण उपचार गराउन नसक्दा रामसकलको ३५ वर्षकै उमेर निधन भएपछि उनको दुई बालबालिकाको विचल्ली भएको हो ।

बालबालिकाको पढाइमा सहयोग हुने उद्देश्यले उनलाई आर्थिक सहयोग गरिएको जनाएको छ । यसैगरी पाँच वर्षअघि नै बुवाको मृत्यु भएपछि रामईश्वरको अध्ययनमा समस्या हुँदै आएको छ । केही हदसम्म उनलाई अध्ययनमा सहयोग हुने उद्देश्यले समाजले सहयोग गरेको छ ।

सोही गाउँका जेष्ठ नागरिक रामकिसुन बाबाजीको अध्यक्षता तथा अभियानता एवं जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेश विद्रोहीको प्रमुख आतिथ्यमा आर्थिक सहयोग कार्यक्रमको आयोजना गरिएको थियो ।

सो कार्यक्रममा हरिनन्दन अम्बेदकर, सुरेन्द्र महरा, शिवराम महरा, प्रकाश महरा, सुरेन्द्र महरा, इन्द्रजीत महरा, राजेश महरा लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस