बलिदानी दिवसमा जनमत पार्टीको भव्य श्रद्धाञ्जली सभा

राजविराज, ५ माघ । जनमत पार्टीले १४ औं वलिदानी दिवसको अवसर पारेर सोमवार सिरहाको लहान स्थित पशुपति माध्यमिक विद्यालयको खेल मैदानमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

पार्टीका तत्कालिन लहान नगर ईञ्चार्ज स्व. विष्णु चौधरीकी धर्मपत्नी श्यामा कुमारी चौधरीको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न पार्टीका केन्द्रीय नेताहरु डा. विनय पंजियार, प्रवक्ता अब्दुल खान, मदनेश चौधरी, सुरेन्द्र मधेशी, पोषण यादव, अनिता साह सहितका नेताहरु लहान पुगेका छन् ।

श्रद्धाञ्जली सभामा मुख्य वक्ताको रुपमा पार्टीका केन्द्रीय अध्यक्ष डा. सी.के. राउत रहेका छन् । उक्त कार्यक्रममा सम्मान गर्न शहिद परिवारलाई आमन्त्रित गरी बोलाईएको छ । कार्यक्रममा जनमत पार्टी समर्थित नेता तथा कार्यकर्ताहरुको भव्य उपस्थिति रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस