सप्तरीमा एचआईभी संक्रमित किशोरीको निमोनियाबाट मृत्यु [कति छन एचआईभी संक्रमित ?]

राजविराज, ५ माघ । सप्तरीमा एचआईभी एड्स संक्रमित एक किशोरीको निमोनियाबाट मृत्यु भएको छ । गत पुस १५ गते उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको राजविराज नगरपालिका–१ चनौराकी १८ बर्षिया अमैया धामीको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएकी धामीको उपचारकै क्रममा आइतवार साँझ निमोनियाबाट मृत्यु भएको एचआईभी कोउन्सेलर सुनीता यादवले जानकारी दिइन् ।

जन्मजात नै एचआईभी पोजेटिभ रहेकी किशोरीको आमा र वुवाको नौ वर्षअघि एचआईभीबाट मृत्यु भइसकेको जनाएको छ ।

एचआईभीबाट कतिले ज्यान गुमाए ?

एचआईभीको संक्रमण परीक्षण सुरु भएदेखि अहिलेसम्म सप्तरीमा एचआइभी एड्सका कारण २५ जनाको मृत्यु भइसकेको छ । अस्पतालको रेकर्डअनुसार १५ जना पुरुष, ७ जना महिला, २ जना बालबालिका र १ जना तेस्रोलिंगी गरी २५ जनाको मृत्यु भइसकेको छ ।

हाल ६१ पुरुष, ४७ महिला, ५ तेस्रोलिंगी र १३ जना बालाबालिका गरी १२६ जना संक्रमित केन्द्रको सम्पर्कमा छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस