नेपालमा पनि नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि

जनकपुर । बेलायतबाट नेपाल फर्किएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ ।

पुस पहिलो साता बेलायतबाट फर्किएका ६ जनामध्ये तीन जनामा नयाँ प्रकारको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत पुस २७ गते उनीहरुको नमूना हङकङ प्रयोगशालामा पठाइएकोमा आज आएको रिपोर्टअनुसार २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोना भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस