ओली नेतृत्वको नेकपाले पुस १३ गते राजविराजमा जनजागरण सभा गर्ने

राजविराज, ५ माघ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि चौतर्फी विरोध भईरहँदा सप्तरीमा सत्ता पक्षधरद्वारा सप्तरीको राजविराजमा जनजागरण सभा आयोजना गर्ने भएको छ ।

पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला प्रवक्ता सुखराम यादले सोमवार राजविराजमा पत्रकार सम्मेलन आयोजना गर्दै कार्यक्रमबारे आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । ‘चलु राजबिराज, भरु राजबिराज’ नाम दिईएको जनजागरण सभा १३ गते रंगशालामा आयोजना हुने जनाईएको छ ।

प्रवक्ता यादवका अनुसार जनजागरण सभा पार्टीका सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख वक्ताको रुपमा रहनेछन् । यसैगरी विशिष्ठ अतिथिमा केन्द्रिय सदस्य कानून तथा ससंदीय ब्यवस्था मन्त्री लीलानाथ श्रेष्ठ, केन्द्रिय सदस्य तथा महिला बालबालिका मन्त्री जुली महतो, स्थायी कमिटी सदस्य, प्रदेश–२ इन्चार्ज सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य.रघुवीर महासेठ, केन्द्रीय सदस्य, प्रदेश–२ अध्यक्ष एंव शहरी विकास मन्त्री क.प्रभु साह, केन्द्रिय सदस्य, प्रदेश–२ सचिव माननीय सुमनराज प्याकुरेल लगायतका नेताहरु प्रमुख वक्ताको रुपमा रहनेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस