ओली प्रतिगमनले संविधानरुपी लोकमार्गमा ठुलो पहिरो ल्याएको छ : डा. भट्टराई

जनकपुर, ११ माघ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रतिगमनले संविधानरुपी लोकमार्गमा ठुलो पहिरो ल्याएको बताएका छन् । उनले पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउने ट्विटमार्फत तर्क गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले लेखेका छन्, ‘ओलीप्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ । पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ ।’

निर्वाचनका पछि दौडनेहरुलाई २०१७ मा राजा महेन्द्रले गरेको कू को समर्थन गर्ने तुलसी गिरी र केशरजंग रायमाझीसँग भट्टराईले तुलना पनि गरेका छन् । ‘२०१४ सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाँदा बिपीले खाएको धोका नबिर्सौं ! २०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस