राजविराजमा नेकपाको कार्यक्रम लक्षित कडा सुरक्षाः यस्तो छ अवस्था (हेर्नुहोस्)

राजविराज, १३ माघ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरद्वारा सप्तरीको राजविराजमा कडा सुरक्षाका बीच मङ्गलवार जनजागरण सभाको आयोजना गरिएको छ ।

राजविराज स्थित राजरङ्गशालामा आयोजना गरिएको कार्यक्रम स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली यथेष्ट संख्यामा परिचालन गरिएको छ । कार्यक्रममा कुनै अप्रिय घटना नहोस् यसकालागि सप्तरी प्रशासनले कार्यक्रम स्थल, आसपास क्षेत्र तथा राजविराज नगरपालिकाको विभिन्न चौक तथा मुख्य बाटोहरुमा प्रहरी परिचालन गरेको छ ।

यस अतिरिक्त ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मोबाइल टोलीहरु परिचालन गरिएको छ । यसअतिरिक्त प्रहरीले कार्यक्रम स्थल तथा बजार क्षेत्रमा ड्रन क्यामेराबाट निगरानी थालिएको छ ।

नेकपाले अपराह्न १२ बजेको समय निधारण गरिए पनि हुस्सु, कुहिरो तथा खराब मौषमका कारण गाउँगाउँबाट नेता तथा कार्यकर्ताहरु आउन केही ढिलो हुने पार्टीका सुरेश कुमार सिंहले जानकारी दिएका छन् । कार्यक्रम शान्तिपूर्ण रुपमै हुनेमा आफुहरु आशावादी रहेको उनले ‘मधेश लाइभ’लाई बताए ।

‘चलु राजबिराज, भरु राजबिराज’ नाम दिईएको उक्त जजनजागरण सभामा पार्टीका
सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख वक्ताको रुपमा रहनेछन् । यसैगरी केन्द्रिय सदस्य कानून तथा ससंदीय ब्यवस्था मन्त्री लीलानाथ श्रेष्ठ, केन्द्रिय सदस्य तथा महिला बालबालिका मन्त्री जुली महतो, स्थायी कमिटी सदस्य, प्रदेश–२ इन्चार्ज सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य.रघुवीर महासेठ, केन्द्रीय सदस्य, प्रदेश–२ अध्यक्ष एवम् शहरी विकास मन्त्री प्रभु साह, केन्द्रीय सदस्य एवम् प्रदेश–२ सचिव माननीय सुमनराज प्याकुरेल लगायतका नेताहरु वक्ताको रुपमा रहने जिल्ला प्रवक्ता सुखराम यादवले जानकारी दिएका छन् । तस्विरः सौरभ यादव/राजविराज

Author:



क्याटोगरी छान्‍नुहोस