नेकपा ओली पक्षले आज राजविराजमा जनजागरण सभा गर्दै, कुन–कुन नेताहरु सहभागी हुने ?

राजविराज, १३ माघ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले आज राजविराजमा जनजागरण सभा आयोजना गर्दैछ । ‘चलु राजविराज, भरु राजविराज’ नाराकासाथ रंगशालामा जनजागरण सभा गर्न लागेको हो ।

जनजागरण सभामा पार्टीका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल मुख्य वक्ता रहनेछन् भने केन्द्रिय सदस्य कानून तथा ससंदीय व्यवस्था मन्त्री लीलानाथ श्रेष्ठ, केन्द्रिय सदस्य तथा महिला बालबालिका मन्त्री जुली महतो, स्थायी कमिटी सदस्य, प्रदेश–२ इन्चार्ज सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य.रघुवीर महासेठ, केन्द्रीय सदस्य, प्रदेश–२ अध्यक्ष एंव शहरी विकास मन्त्री क.प्रभु साह, केन्द्रिय सदस्य, प्रदेश–२ सचिव माननीय सुमनराज प्याकुरेल लगायतले पनि सम्वोधन गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला प्रवक्ता सुखराम यादले मधेशलाइभलाई बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस