नेपाल प्रहरीका १६ जना डिएसपीको एसपीमा बढुवा सिफारिस (सूचीसहित)

जनकपुर । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १६ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकबाट डिएसपीहरुलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा कार्यरत भुवनेश्वर तिवारी, महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुरका ऋषिराम कँडेल, कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण खजुरा, बाँकेका सुरेशप्रसाद काफ्ले छन् ।

यसैगरी प्रधान कार्यालय प्रशासन विभागका अमरेन्द्रबहादुर सिंह, प्रधान कार्यालय अपराध अनुसन्धान विभाग वैदेशिक महाशाखा नक्सालका श्यामसिंह चौधरी, प्रशासन शाखाका नकुल पोख्रेल, पदमबहादुर विष्ट, लागुऔषध नियन्त्रण ब्युरोका प्रजित केसी लगायत बढुवा सूचीमा परेका छन् ।

बढुवा सिफारिसमा परेकाहरूको सूची :

DSP_to_SP_Promotion_2077_10_12
Author:



क्याटोगरी छान्‍नुहोस