बोदे बरसाईनमा टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन

उमेशकुमार साह
बोदे बरसाईन, १२ माघ । सप्तरीको बोदे बरसाईन नगरपालिका–८ रजापट्टीमा टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ । श्री जितमाहान बाबा युवा क्रिकेट क्लव रजपट्टीद्वारा सञ्चालित पहिलो नकआउट टि–२० क्रिकेट प्रतियोगिताको सोमवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

खेलकुद समितिका अध्यक्ष पशुपति यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोदे बरसाईन नगरपालिकाका प्रशासकीय प्रमुख गजेन्द्रनाथ शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोदे बर्साईन नगरपालिका वडा नम्वर ८ र ९ का अध्यक्षद्वय लक्ष्मीप्रसाद साह र तपशी यादव, ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका प्रमुख अरुण सिंह, श्रीप्रसाद भगत, नगरपालिका खेलकुद समितिका अध्यक्ष कामेश्वर यादव, वडा सदस्य पुरन यादव, शिवनारायण ठाकुर, दिलिप यादव, भिखरी यादव, काचन स्वास्थ प्रमुख कृष्ण महासेठ, शिक्षक बिमल यादव लगायतको उपस्थिती थियो । सो प्रतियोगितामा १६ वटा टिम सहभागीता छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780