पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण, थप १० को मृत्यु

जनकपुर, १२ माघ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३३ महिला र २०६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ४०१ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ ।

हाल ३ हजार २४० जना आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट हालसम्म नेपालमा मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस