प्रदेश २ का सवै जिल्लामा एकैसाथ कोरोना विरुद्धको खोप अभियान शुरु हुने

जनकपुर, १२ माघ । प्रदेश २ सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने भएको छ । सोमवार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरिएको हो ।

जसअनुसार माघ १४ गते आठ जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु हुनेछ । खोप अभियानको शुभारम्भ मुख्यमन्त्री राउतले विरगंजस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकास मन्त्री नवलकिशोर साहले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालबाट गर्ने स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए ।

यस प्रदेशमा खोप अभियान संचालनकालागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु मंगलवार (माघ १३ गते) सम्म सबै जिल्लास्थित स्टोरमा पुर्याइसक्ने निर्देशक झाले बताए । पहिलो चरणमा कोरोना महामारीविरुद्ध अग्र मोर्चामा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ ।

Author:



क्याटोगरी छान्‍नुहोस