सप्तरीमा अपराधिक क्रियाकलाप बढ्दै, फेरी लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ

उमेशकुमार साह
सप्तरी, १२ माघ । सप्तरी प्रहरीले लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–७ का २४ वर्षीय नन्दी पासवान र सोही ठाउँका राजु कुमार साह छन् ।

पासवान र साहसहित दुई वटा मोटरसाइकलमा सवार रहेका चार जनाले सुरुङ्गा नगरपालिका–७ हरिपुरस्थित कुशहा–बेल्ही सडकखण्डमा एक जनालाई कुटपिट गरी लुटपाट गरेको आरोप छ । गत शुक्रवार राति साढे ८ बजेतिर शम्भुनाथ नगरपालिका–६ लतियाहीका अनिषकुमार चौधरीलाई कुटपिट गरी उनी सवार स ३ प ९१६९ नम्वर मोटरसाईकल, नगद र मोवाइल लुटपाट गरी चारै जना फरार भएका थिए ।

लुटपाट गरी दक्षिततर्फ फरार भएको प्रहरीलाई गराएको सूचनाअनुसार खोजतलाश गर्ने क्रममा बलान विहुल गाउँपालिका–४ वेल्ही चौकबाट पासवान र साहलाई लुटेको स ३ प ९१६९ र स २ प ८४४२ नम्वरको मोटरसाईकलसहित पक्राउ गरिएको प्रहरीले छ भने अन्य दुई फरार भएका छन् । फरार दुवै जनाको खोजी कार्य तिव्र पारिएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

यसअघि आइतवार मात्रै सप्तरी प्रहरीले सोही नगरपालिका–२ हर्दियामा रहेको नेपाल टेलिकमको जिएसएम मोवाइलको बिटीएस साइट (टावर) बाट २४ थान ब्याट्रीसहितका सरसमान डाँका गर्ने ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेका थिए ।

यो पनिः

सप्तरीमा फिल्मी शैली अपनाएर डाँका गर्ने गिरोह पक्राउ (भिडिओसहित)

Author:



क्याटोगरी छान्‍नुहोस