नागरिक आन्दोलनमा प्रहरी दमनको पत्रकार महांघद्वारा भर्त्सना

 

काठमाण्डौ, १३ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीद्वारा गरिएको दमनको नेपाल पत्रकार महासंघले भर्त्सना गरेका छन् ।

महासंघका महासचिव रमेश विष्टले मङ्गलवार प्रेस विज्ञप्ति जारी गर्दै उनले वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि प्रहरीद्वारा बर्बर आक्रमण गरी घाइते बनाएको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले उनीहरुमाथि लाठी र पानीका फोहरा प्रहार गर्दा दर्जनभन्दा बढी घाइते भएका थिए ।

शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको यो दमन अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य भएको भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ ‘प्रहरीको यो बर्बर दमनले नागरिकको हकअधिकारमाथिसमेत गम्भीर आघात पुगेको महासंघको ठहर छ ।’

महासंघ सरकारको यो अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्यको कडा शब्दमा महासचिव विष्टले नागरिक आन्दोलनमा प्रहरी दमनको पत्रकार महांघद्वारा भर्त्सना गरेका छन् । संविधानले सुनिश्चित गरेको नागरिकको हकअधिकारको रक्षा गर्न, विधिको शासन र कानुनीराजको सम्मान गर्न महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा अगाडि भनिएको छ ‘साथै आगामी दिनमा यस्ता दमनकारी कार्य नदो¥याउन सरकारलाई चेतावनी समेत दिन चाहन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस