सप्तरी आइपुग्यो कोरोना विरुद्धको खोप, यसरी हुँदैछ खोप लगाउने तयारी (भिडिओ)

राजविराज, १३ माघ । कोरोना भाइरस विरुद्धको खोप सप्तरी आइपुगेको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई दिएको कोभिसिल्ड नामक खोप प्रदेश हुँदै आज सप्तरी आइपुगेको हो ।

पहिलो चरणमा प्रदेशबाट ८ सय ३३ भाइल अर्थात ८ हजार ३३० डोज खोप कार्यालयमा आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो चरण अन्तर्गत सप्तरीमा भोली (बुधवार) बाट गजेन्द्रनारायण सिंह अस्पताल र रुपनीस्थित प्रहरी अस्पतालबाट अग्रमोर्चामा रहेर कार्य गरिरहेका ३ हजार ७५४ जनालाई खोप लगाउने कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

प्रदेश २ का सवै जिल्लामा एकैसाथ खोप कार्यक्रम सुरु गर्ने प्रदेश २ सरकारको तयारी अनुसार सप्तरीमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोपको सुभारम्भ गर्नेछन् ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीलाई खोप लगाउने तयारी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस