कारको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको मृत्यु

राजविराज, २३ माघ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा शुक्रवार विहान मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–६ कठौना चौकस्थित पश्चिमतर्फ जादै गरेको बा २ ज ४०४७ नम्वरको कारले विहिवार बाटो काट्दै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर स १० प २७३३ नम्वरको मोटरसाइकल चालक जिल्लाकै कृष्णसावरन गाउँपालिका–१ का ६५ वर्षीय बहुरी चौधरी गम्भीर घाइते भएका थिए । हात र शरिरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारकोलागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा चौधरीको विहान सवा ८ बजे मृत्यु भएको डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए । कार चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो पनिः

सप्तरीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Author:



क्याटोगरी छान्‍नुहोस