सप्तरीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजविराज, २१ मघ । सप्तरीमा आज भएको सवारी दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गत अन्तर्गत हनुमाननगर कंकालनि नगरपालिका–१ भारदहस्थित बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा पुर्वतर्फ जादै गरेको लु २५ प ५७१२ नम्वरको मोटरसाइकलमा सवार चालक मोरङको रङगेली नगरपालिका–८ का ३७ वर्षीय धर्मचन्द्र राजवंशीको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

ठक्कर दिने को १ ज ३१९९ नम्वरको बोलेरोका चालक धनकुट्टाको पाख्रिवास नगरपालिका–४ का ३९ वर्षीय तोर्ण निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए । दुर्घटनाबारे अन्य अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस