सप्तरीमा १८ महिनादेखि वेपत्ता रहेकी महिलाको भेट्यो कंकाल

राजविराज, २१ माघ । सप्तरीमा १८ महिनादेखि वेपत्ता रहेकी एक महिलाको कंकाल आज फेला परेको छ । राजगढ गाउँपालिका–१ झुटकीका धनई पण्डितकी ७५ वर्षीया पत्नी रासोदेवी पण्डितको कंकाल फेला परेको हो ।

प्रहरी चौकी झुटकीदेखि करिब ३ सय मिटर पूर्व–दक्षिणतर्फ रहेको सार्वजनिक ठारी पोखरीलाई जिर्णोधार गर्ने क्रममा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए । उनका अनुसार मानसिक सन्तुलन ठिक नभएकी रासोदेवी ०७६ साउन ३० गते रातिदेखि वेपत्ता थिइन् ।

पोखरीलाई जिर्णोधार गर्ने क्रममा वेपत्ता रहेकी रासोदेवीले लगाएको साडी, कपडा र दाँतको आधारमा परिवारले पहिचान गरेपछि सो मानव कंकाल आफन्तको जिम्मा दिएको डिएसपी साहले बताए । सोबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस