नेकपा दाहाल–नेपाल समूहले आमहड्ताल गर्ने घोषणा (विज्ञप्तिसहित)

जनकपुरधाम, २१ मघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ । संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा आमहड्तालअघि बुधवार साँझ मसाल जुलुस गर्ने जनाइएको छ ।

दाहाल–नेपाल समूहको केन्द्रीय संघर्ष समितिले बुधवार पार्टी कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै मसाल जुलुस र आमहड्तालबारे जानकारी गराएको हो । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्तिलाई सभामुखलाई समेत आमन्त्रण नगरी बलमिच्याँई ढंगले सपथग्रहण गराउनु अवैधानिक भएको दाहाल–नेपाल समूहको ठहर छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार आमहड्तालमा तरकारी तथा दुध बोक्ने गाडी, अस्पताल, औषधी पसलसहित अत्यावश्यक सेवा मात्रै सञ्चालन रहनेछन् भने बजार, यातायात, उद्योग, कार्यालय सबै बन्द रहनेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस