तानाशाही प्रवृति विरुद्ध लोकतान्त्रिक शक्तिलाई एकजुट हुनुपर्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम, २१ मघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकतान्त्रिक शक्तिहरुलाई एकजुट भएर अघि बढ्नुपर्ने विकल्प नरहेको बताएका छन् ।

प्रदेशसभाको तेश्रो वार्षिकोत्सवको अवसरमा बुधवार आयोजना गरिएको कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न नै यो संवैधानिक ‘कु’ भएको दावी समेत गरेका हुन् ।

‘मुलुकमा तानासाही प्रवृति हावी भएको छ, त्यस्ता अलोकतान्त्रिक तानाशाही प्रवृतिविरुद्ध परिवर्तनकारी शक्तिहरुलाई एकजुट भएर अघि बढ्नुको विकल्प छैन्’ मुख्यमन्त्री राउतले भने–‘तर, केही राजनीतिक दलहरु पनि स्वार्थमा लागेर प्रतिगामी कदमलाई सहयोग गर्दै आएको छ, चुनाव होला र आफुहरुलाई फाइदा हुने भन्ने भ्रम पालेर ।’

त्यस्ता भ्रममा नपर्न मुख्यमन्त्री राउतले आग्रह पनि गरे । ‘कुनै पनि तानाशाहीले आफु हार्ने चुनाव गराउँदैन र चुनाव गराउनकोलागि प्रतिनिधिसभा विघटन गराएको पनि होइन्’ उनले भने–‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पार्ने यो षड्यन्त्र हो, त्यसैले व्यवस्था नै नरहे चुनावको कसरी हुन्छ?’

Author:



क्याटोगरी छान्‍नुहोस