नेकपा दाहाल-नेपाल समूहद्वारा आज आमहड्ताल, अवज्ञा गर्न गृह मन्त्रालयको आह्वान

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज आमहड्ताल घोषणा गरेको छ । संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा आमहड्ताल घोषणा गरेको हाे ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्ति तत्कालै बदर गर्नु पर्ने दाहाल-नेपाल समूहकाे माग छ । आमहड्तालका कारण मुलुकभर लामो दूरीका सवारी साधन सञ्चालनमा नआए पनि छोटो दूरीका सवारीसाधन भने फाट्फुट्ट मात्र चलेका छन् ।

आमहड्ताल अवज्ञा गर्न गृह मन्त्रालयकाे आह्वान

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै आमहड्ताललाई वेवास्ता गर्दै दैनिक क्रियाकलापलाई पूर्ववत अवस्थामै गर्न आह्वान गरेको छ । बुधबार जारी गरिएको विज्ञप्तिमा दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा–अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस