कक्षा ८ को बार्षिक परीक्षा सबैपालिकाहरुमा एकैसाथ हुने

राजविराज, २१ माघ । सप्तरी जिल्लामा सञ्चालित विद्यालयहरुले कक्षा ८ को बार्षिक परीक्षा सबै पालिकाहरुमा एकैसाथ सञ्चालन गर्ने भएको छ ।

सामुदायिक तथा संस्थागत विद्यालयका संघ–संगठनको राजविराजमा सम्पन्न संयुक्त बैठकले यस्तो निर्णय गरेको एन प्याव्सनका जिल्ला अध्यक्ष नरेशप्रताप साहले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाभरिका एकरुपता तथा सामुदायिक र संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु एकअर्काे विद्यालयबाट परीक्षा अथवा एउटै विद्यार्थी संस्थागत र सामुदायिक दुबै विद्यालयबाट परीक्षा दिन बञ्चित गर्ने उद्देश्यले यो निर्णय गरिएको छ ।

बैठकले संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विद्यालय छाड्ने तथा भर्ना हुने अवस्थामा इमिससहितको स्थानान्तर प्रमाण पत्र बिना कुनै विद्यालयले नाम दर्ता नगर्ने निर्णय पनि गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पेशागत शैक्षिक संस्थाहरुका अध्यक्ष, संस्थागत विद्यालयसँग सम्बन्धित संस्था र गाउँ तथा नगरपालिका शिक्षा शाखा प्रमुखसँग जिल्लाको शैक्षिक अवस्था तथा शिक्षासँग सम्बन्धित मुद्दाहरुका बारेमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको उपस्थितिमा नेपाल शिक्षक महासंघको आयोजनामा फागुन १२ गते बैठक बस्ने निर्णय पनि गरिएको छ ।

जिल्लामा बिना अनुमतिको संस्थागत विद्यालय तथा बिना अनुमति कक्षा संचालन भएका विद्यालयहरुलाई बन्द गर्ने तथा अनुमति बिनाको कक्षा सञ्चालन बन्द गर्नका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने निर्णय पनि गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस