पानी, सिमसार र जीवन

 

पानीले राम्रोसँग भिजेको ठाउँ वा अत्यधिक आर्द्रता भएको जमीन प्राविधिक रूपमा भन्नु पर्दा, त्यस्तो जमीन, जहाँ पानीको सतह र जमीन करिब करिब एउटै स्तरमा हुन्छ अनि बोट बिरुवाको अस्तित्व रहेको हुन्छ । जहाँ जमीन लुक्दैन, जहाँ पानी सुक्दैन र रसिलो जमीन भएको क्षेत्रलाई सिमसार भनिएको हो । यो भनेको पानीको मुहानलगायत दलदल, धानबाली एवं पानी जमेको क्षेत्रलाई जनाउने गरेको छ ।

नेपालको राष्ट्रिय सीमसार नीति २०५९ अनुसार जमेको वा वगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो । त्यसमा धापलगायतका नदीको बाँध क्षेत्र, ताल, पोखरी, जलाशय एवं धानवालीसमेत पर्छ । विश्व सीमसार क्षेत्रफलको आँकलन गरिए अनुसार विश्व संरक्षण अनुगमन केन्द्र ५७० लाख हेक्टर (२ प्रतिशत) ताल, ३० प्रतिशत भनस, २६ प्रतिशत दलदल, २० प्रतिशत धाप, १५ प्रतिशत बाँध क्षेत्र छन् ।

१९९९ रामसार पक्ष सातौँ सम्मेलन ७४८ देखि ७७८ लाख हेक्टर, २००४ भूमण्डलीय ताल तथा सीमसार तथ्याङ्क भण्डार अनुसार ९१७ लाख हेक्टर र १९९९ भूमण्डलीय सीमसार स्रोतको सिंहावलोकन र सीमसार सूचना सङ्कलनले १२८० लाख हेक्टर आँकलन गरिएको छ । नेपालमा रहेको सीमसार नेपालमा ५३५८ ताल, हिमनदीका रूपमा ३२५२ वटा, हिमताल २३२३ वटा, ताल ५००० वटा, जलाधार १३८०, पोखरी ५१८३ वटा र तराईमा १६३ सीमसार छन् भने पहाडमा ७९ वटा छन् ।

सीमसार क्षेत्र घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटका लागि महत्त्वपूर्ण मानिन्छ । सीमसारको प्रकारलाई हेर्दा तीन किसिमको छ जस्तै सामुद्रिक किनार, भू(भागीय र मावन निर्मित हुन् तर पनि माटो, भू(वनौट, जलवायु, जलचर, जलवायु, जल परिचालन र जल रसायन, वनस्पति र मानवीय कारणले ५ प्रकारको सीमसार हुन्छन् । ती हुन्ः

कम गहिरो ताल,
दलदल वा धाप ,
बाँध क्षेत्र (कोसी टप्पु र नारायणी नदीको बाँदरझुला,
नदी मुख, सामुद्रिक किनार (यो अस्टे्रलियाको मुगाको चट्टान
मावन निर्मित(सुनसरी सप्तरी बाँध, जगदीसपुर जलाशय, नवल परासीको गण्डकी बाँध र मकवानपुरको इन्द्र सरोवर ।

सिमसार अत्यन्त उत्पादनशील पारिस्थिकीय प्रणाली हो । पारिस्थिकीय प्रणालीमा अनगिन्ती सङ्ख्यामा जीवाणु, वनस्पति, कीटपतङ, उभयचर, घस्रने प्राणी, चरा, माछा र स्तनधारी जीवहरू पाइन्छन् । जलवायु, भौगोलिक स्वरूप भूगर्भ र जल परिचालनलगायत भौतिक एवम् रासायनिक प्रक्रियाले सिमसारमा वनस्पति र जनावरको उच्चतम विविधता पाइन्छ । सिमसारभित्र जल परिचालन र शुद्धीकरण प्रक्रिया निरन्तर चलिरहने हुनाले यसलाई प्रकृतिको मृगौला भन्ने गरिन्छ । जमीनमा बग्ने सतहको भल सिमसारमा मिसिएपछि त्यसबाट बगाएर ल्याएका रासायनिक पौष्टिक तत्त्वहरू समेत सिमसारले सोसेर लिन्छ । यसले गर्दा शुद्धीकरण हुनुको साथै माछालगायतका जलचरलाई प्रशस्त आहार प्राप्त हुन्छ ।

नेपालमा सिमसार क्षेत्र अत्यधिक उपभोगका कारण बिग्रँदै गएको छ । यो अत्यधिक चरण, जडीबुटी सङ्कलन, पानीको प्रयोग र आवश्यकताभन्दा बढी दोहन थलोका रूपमा प्रयोग, प्रदूषणग्रस्त, धार्मिक पर्व, मेलापातमा तीर्थालुले जथाभावी पूजासामग्री विसर्जन गर्नु, वरपरका खेतमा रासायनिक मल तथा विषादी प्रयोगले सिमसार दूषित बन्दै गएको छ । बाहृय प्रजातिका माछा छाडिनाले स्थानीय जातका माछा विस्थापित हुन थालेका छन् । भूमि अतिक्रमणले सिमासार क्षेत्र हराउन थालेको छ । भूक्षय सिमसारका लागि अर्वुद रोगजत्तिकै खतरनाक भएको छ । वरपरबाट बगेर आउने भेलसँगै ढुङ्गा, बालुवा, पाङ्गो माटो थुप्रिएर सिमसार सुक्ने सम्भावना रहन्छ । मनाङको तिलिचो ताल वा तराईका पोखरीहरू भूक्षयले चुनौतीपूर्ण बन्न पुगेको छ । दैवीप्रकोपले गर्दा सिमसारले थेग्नै नसकिनेगरी बाढी, पहिरो र पानी सम्स्याका रूपमा आएको देखिन्छ ।

नेपालमा उच्च पहाडी क्षेत्रमा ७८, मध्य पहाडीमा ८६ र तराईमा १६३ वटा गरी ३२७ ताल तथा सीमसार क्षेत्र छन् । नेपालको नौवटा रामसार क्षेत्रमध्ये कोसीटप्पु वन्यजन्तु आरक्ष कोसी नदीको बाँध क्षेत्र हो । नेपालका ९ वटा रामसार क्षेत्रले कुल ३४ हजार ४५५ हेक्टर क्षेत्रफल रहेको छ जसमा कोसीटप्पु वन्यजन्तु आरक्ष ५१ प्रतिशत ओगटेको छ । सुनसरी, सप्तरी र उदयपुरको बीचमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष कोसीमा ४८५ प्रजातिको माछा, विश्वबाटै लोप हुन लागेको ३० प्रजातिको चरामध्ये २१ प्रजाति र राजगिद्धसमेत पाइन्छ ।

त्यसैगरी सबभन्दा कम क्षेत्र ओगटेको इलाम जिल्लामा अवस्थित माई पोखरीले ०.२६ हेक्टर क्षेत्रफल मात्रै रहेको पाइन्छ । यसमा प्राकृतिक मूलका साथै वषरातको पानी प्रमुख स्रोत हो । यहाँ चिलाउने, कटुस, खसु्र जातिका वनस्पतिले ढाकेको छ । यो क्षेत्रमा हरियो छेपारो, चीरबाघ, ओतलगायतका वन्यजन्तु पाइन्छ । यो मात्रै पहाडको रामसार क्षेत्र हो ।

कलैया जिल्लाको घोडाघोडी ताल क्षेत्र ठूला भए पनि गहिरो कम रहेको ताल हो । दलदल, धापका साथै चुरे क्षेत्रमा वन, सानाठूला गरी २० वटा तालतलैया छन् । यहाँ सङ्कटापन्न कछुवा, औत, गोही, चरा, हाँस र अन्य स्थनधारी बाघ र मृग पनि पाइन्छ । त्यसैगरी कमल, सुनाखरी, जङ्गली धानसहितका ४४५ प्रजातिका वनस्पति, २९ प्रजातिका माछा, ३२ प्रजातिका पुतली, ७ प्रजातिका सरिसृप र १४० प्रजातिका रैथाने र घुमन्ते चरा पाइन्छ ।

कपिलवस्तु जिल्लाको जगदीश्वर जलाशय वाणगंगा सिँचाइको नहरद्वारा आपूर्ति गरिरहेको र वरिपरि खेत, सामुदायिक वन र केही स(सना पोखरीलगायत नहर संरचना छन् । हिउँदेमा बसाइँ कोशीटप्पु सरी आउने चराहरु जलकौवा, बकुल्ला, स्टोर्क, हाँस २० प्रजातिका माछा, डुबुल्की चरा, सिद्रेचरा, जकेवा, भुडीभोर, लोभीपापी गरुड, १३ प्रजातिका पानी हाँस, र ४२ प्रजातिका रैथाने र घुमन्ते चरा यहाँ पाइन्छ ।
उता चितवन जिल्लाको बीस हजारी ताल समूह १७ प्रजातिका माछासहितका, गरुड पाइन्छ । जिल्लाको रारा तालको लम्बाइ ५.१ । चौडाई २.७ किलो मिटर र गहिरो १६७ मिटर रहेको छ । ठूला उच्च पर्वतीय क्षेत्रमा अवस्थित यो तालमा प्रशस्त जलचर पाइन्छ । खतराको सूचीमा रहेका वनस्पति पाँच औले, जटामसी र कुटकी पाइन्छ । २३५ प्रजातिका पक्षीहरू पाइन्छ ८ प्रजातिका माछा पाइन्छ ।

फोक्सुण्डो तालमा चितुवा पाइन्छ । १५५ प्रजातिका वनस्पति कुटकी, भ्याकुर, विष, जटामसी, लघुपत्र र हिमाली साग तथा पक्षीमा सुनजुरे हाँस, चखेवा चखेवी, वगाले सीमकुखुरा, मरुल, सिन्दुरेहाँस र खोयाँ हाँस आदि पाइन्छ । गोसाइकुण्ड ताल १०० प्रजातिको वनस्पति र हिउँदमा हाब्रे र कस्तुरी मृग देखा पर्छ । सीमसार तथा रामसारमा परेको गोक्यो ताल समूह कुटकी, शर्मा गुरु, कपाले फूल, क्यासर जस्ताका दुर्लभ वनस्पतिका पाइन्छ ।

नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र ७ हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन् । तसर्थ सिमसार क्षेत्रको संरक्षण गरौ ।
शब्दः विकिपेडिया तथा तस्विरः प्रमेश्वर झा (कोशी टप्पु सिमसार क्षेत्र)

Author:

क्याटोगरी छान्‍नुहोस