सप्तरी–३ मा पनि रास्वपाको अग्रता, अमरकान्त चौधरी अगाडि

राजविराज । सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी अग्रस्थानमा रहेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्णुपुर गाउँपालिका–१ स्थित साविक गा.वि.स. भवन जमुनिमधेपुरा (क, ख, ग) तथा ज.मा.वि. खुरहुरिया (क, ख) का मतदान केन्द्रहरूको मतगणना सम्पन्न भएको छ।

हालसम्मको मतपरिणामअनुसार रास्वपाका उम्मेदवार चौधरीले १ हजार २०४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारले ९७८ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेसले २९३ मत, जनमत पार्टीले १०१ मत, **नेकपा (एमाले)**ले ६४ मत तथा **नेपाल कम्युनिष्ट पार्टी (तारा)**ले २१ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर ३ मा मतगणना कार्य अझै जारी रहेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस