सप्तरी–३ मा उपेन्द्र यादवको अग्रता, मतगणना जारी

राजविराज । सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो विवरणअनुसार उपेन्द्र यादव अग्रस्थानमा रहेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्णुपुर गाउँपालिका–१ , २ र ३ अन्तर्गतका मतदान केन्द्रहरूको मतगणना सम्पन्न भइसकेको छ। हालसम्म प्राप्त मतपरिणामअनुसार जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का उम्मेदवार यादवले २,०९२ मत प्राप्त गर्दै अग्रता बनाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले २,०५८ मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेस ले ९२२ मत प्राप्त गरेको छ भने जनमत पार्टी ले १९५ मत पाएको छ। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १०८ मत र नेपाल कम्युनिष्ट पार्टी (तारा) ले ४६ मत प्राप्त गरेका छन्। सप्तरी क्षेत्र नम्बर ३ मा मतगणना कार्य अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस