रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी

प्रेमचन्द्र झा
गाैर । रौतहट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी विजयी भएका छन्। कुल खसेको ७१ हजार २०३ मतमध्ये २८ हजार ९४६ मत प्राप्त गर्दै चौधरीले फराकिलो मतान्तरसहित जित हासिल गरेका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार चौधरीले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अजय कुमार गुप्तालाई उल्लेख्य मतान्तरले पराजित गरेका छन्। गुप्ताले दस हजार छ सय त्रियान्वे मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार झाले आठ हजार पाच सय चाैहतरी मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार माधव कुमार नेपालले सात हजार छ सय उन्नसतरी मत पाएका छन्। जनता समाजवादी पार्टीका उम्मेदवार योगेन्द्र राय यादवले छ हजार आठ सय छयालिस मत प्राप्त गरेका छन्।

मतपरिणामअनुसार चौधरीले निकटतम प्रतिस्पर्धी गुप्ताभन्दा अठारह हजार दुई सय त्रिपन्न मत बढी ल्याउँदै जित हासिल गरेका छन्। यससँगै रौतहट–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा आफ्नो उपस्थिति बलियो बनाएको छ।

निर्वाचन क्षेत्रमा विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको भए पनि अन्ततः चौधरीले सुरुदेखि नै अग्रता कायम राख्दै जित सुनिश्चित गरेका हुन्। मतगणनाको क्रममा पनि उनले लगातार अग्रता लिँदै अन्तिम परिणामसम्म आफ्नो पकड कायम राखेका थिए।

रौतहट–एकमा कुल एकहतरी हजार दुई सय तिन मत खसेको थियो। मतदाताको उल्लेख्य सहभागिताबीच सम्पन्न निर्वाचनमा विभिन्न दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। अन्ततः मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चौधरीलाई विश्वास व्यक्त गर्दै प्रतिनिधिसभामा पठाउने निर्णय गरेका छन्।

यस नतिजासँगै रौतहट–१ को प्रतिनिधित्व अब चौधरीले गर्ने भएका छन्। स्थानीय विकास, सुशासन र जनताका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धतासहित उनले निर्वाचन जितेको उनका समर्थकहरूले बताएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस