तीन दिनसम्म कस्तो रहला मौसम ?

जनकपुर, २१ माघ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको पूर्वानुमान जारी गरेको छ । यसको प्रभावले देशका पहाडी भू–भागमा आशिंक बदली रहेको छ भने बाँकी भू–भागहरुमा मौसम सामान्य तया सफा रहेको जनाएको छ ।

त्यसैगरी, तराईका केही स्थानमा हुस्सु–कुहिरो लागेको छ । प्रदेश १, सुदूर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ भने तराईका भू–भागहरुमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

दिउँसो कस्तो रहला मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी पहाडी भू–भागमा पनि आंशिक बदली रहने छ ।

त्यसैगरी अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने तथा उच्च पहाडी तथा हिमाली भु–भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको जनाएको छ ।

राति कस्तो रहला मौसम ?

देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु–भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको जनाएको छ ।

माघ २२ गतेको मौसम ?

दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू–भागमा आंशिक बदली साथै अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भु–भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ र सुदूर पश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का बर्षा हुने सम्भाबना पनि रहेको छ ।

रातीः देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा आंशिक बदली रहनेछ ।

उच्च पहाडी तथा हिमाली भु–भागका केही स्थानहरुमा हल्का हिमपाको संभावना छ र सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम बर्षा हुने संभावना छ ।

माघ २३ गतेको मौसम ?

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी र हिमाली भू–भागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी र हिमाली भू–भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस