प्रदेश २ मा आजसम्म १६ हजारबढीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । कोभिड–१९ खोप अभियान अन्तर्गत नेपालमा मंगलबारसम्ममा एक लाख २८ हजारभन्दा बढीलाई खोप लगाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै मंगलबार बेलुका ४ बजेसम्ममा एक लाख २८ हजार ६५० जनालाई खोप लगाइसकिएको जनाएको छ ।

विज्ञप्तिअनुसार प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५ र गण्डकी प्रदेशमा १६ हजार २७०, कर्णालीमा ६ हजार ६६० र सुदूरपश्चिममा ८ हजार ९३६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

 

Author:



क्याटोगरी छान्‍नुहोस