‘स्वतन्त्रता र स्वभिमान सुविधाले बन्धक राख्न सक्दैन’

नरेन्द्र जङ्ग पिटर

प्रिय मित्र डा. मित्र परियार,

दलित स्वभिमानी आन्दोलनको भूमिका खोज्दै स्वदेश आउनुभएकोमा स्वागत । हिजोको हाम्रा छलफलले मलाई धेरै प्रश्न गर्यो, आफैँमा । हो, मनुवादले हाम्रो समाज, संस्कृति जकडिएको छ । २२ सय वर्षदेखिको उत्पीडन हाम्रा पुर्खाले गरे, अझै हामीमा उच्चतावोध छ । म तपाइमार्फत समग्र दलित समाजसँग यसकोलागि माफी माग्छु।

डा. मित्र, हातखुट्टामा लागेका नेलकडी आफैले तोडनुपर्छ । अझ शरीरमा भन्दा मस्तिकमा लागेका बन्धन र मानसिक दासता नतोडी मुक्ति हुनसक्दैन । मानसिक दास नै ससारका तुच्छ दास हुन् जो आफैँ दासतामा जीवन बिताउँदैछु भन्नेसम्म थाहा पाउदैन् । सुनैको पिँजरा भए पनि, मनपर्दो खाना पाए पनि सुगा प्रकृतिको खुला वातावरणमा किन उड्न मन पराँउछ ? पिजडाको सुगा भुर्र उडेपछि हावाहुरी सहनुपर्छ, हिमपात सहनुपर्छ, सजातीय वाजप्रजातिबाट बच्नुपर्छ । खानाकोलागी भौतारिनुपर्छ ।

शारीरिक र मानसिक पिजडा तोडनु भनेको स्वतन्त्रता र स्वभिमानको संघार हो । स्वतन्त्रता र स्वभिमान सुविधाले बन्धक राख्न सक्दैन । विद्रोही खोज्दछ हामी मानौ त्यहाँ शान्त छ ।

विगत दशकमा भएका दलित अपमान, बलत्कार, हत्याका रूप जे, जे देखिए पनि, न्यायले परिभाषा जे लगाए पनि त्यो वर्चश्वशाली उत्पीडन हो । जुनसुकै कोखमा जन्मेका मानवले सहन सक्दैनन् । राज्यसँग मात्रै हैन्, स्वय दलित नेतृत्व, अगुवा विद्वान, शिक्षित समूहसँग पनि गम्भीर प्रश्न उठे । आजको दलित स्वभिमान र आन्दोलन किन विष्टको हुजुरीमा चल्यो ? वा एनजिओको लोकप्रिय नारामा फँस्यो ?

आरक्षित दलित नेतृत्व किन विष्ट हुकुम नै तामेली गर्नपुगे ? किन दलितहरू बीचमै पनि उँचनिच हुन्छ ? आज किन दलित कोषमा जन्मेका शिक्षित पनि हैसियतमा पुगेपछि आफूलाइ दलित आन्दोलनमा नहोमिने मात्रै हैन् जात वा पहिचान लुकाउँछन, समग्र उत्पीडन विरूद्ध जोडिदैनन ? के ख्रस्तान वा इस्लाम धर्म परिवर्तन गर्ने वित्तिकै सामाजिक र सांस्कृतिक विभेदको अन्त वा समस्याको समाधान हुन्छ ?

दलित आन्दोलन, प्रतिरोधी संर्घषका राजनीतिक, सामाजिक, सास्कृतिक, आर्थिक समस्या के, के हुन ? किन नेतृत्वमा विश्वासको सङ्कट आयो ? त्यो सवै उत्पीडन विरुद्धको जवाफ वैचारिकी गम्भीरताले दिनुपर्छ । प्रतिरोधले दिन्छ । नेतृत्वको सङ्कट पनि पुरा गर्छ । (पिटरको फेसबुक वालबाट साभार)

Author:



क्याटोगरी छान्‍नुहोस