सप्तरीमा लुटपाटको प्रतिकार गर्दा एक जनालाई गोली हानि हत्या, एक गम्भीर

राजविराज, २३ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनमा टोलमा बिहिबार राति लुटेराको समूहले गोली हानेर एक जनालाई हत्या गरेको छ । राति करिब १२ बजे टोलमा पसेका लुटेराको समूहले लुटपाट सुरु गरेका थिए ।

प्रतिकार गर्दा लुटेराले स्थानीय ५० वर्षिय कान्तलाल चौधरीमाथि गोली प्रहार गरेका थिए । गोली लागेर उनको मृत्यु भएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘उनीमाथि धारिलो हतियार पनि प्रहार भएको छ भने घटनास्थलमा एउटा गोलीको खोखा र तीन वटा गाली पनि बरामद भएको छ’ उनले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेका छौं ।’

उनका अनुसार लुटेराले ५०/६० हजार नगद, ५ तोला सुन, २ किलो चाँदीसहितका सरसमान लुटेर लगेका छन् ।

लुटेराले मृतक कन्तलालका भाइ ४० वर्षिय रामाकान्त चौधरीमाथि पनि धारिलो प्रहार गरेको छ । रामाकान्त दाजुसँगै लुटेराको प्रतिकार गरिरहँदा उनीमाथि धारिलो हतियार प्रहार भएको प्रत्यक्षदर्शीले बताए ।

गम्भीर घाइते भएका रामाकान्तको लहानमा उपचार भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस