देशका सबै जिल्लामा भूमि आयोगको पदाधिकारीहरुको चयन (सूची हेर्नुहोस्)

काठमाडौं, २० माघ । भूमि सम्वन्धी समस्या समाधान गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले देशका ७७ वटै जिल्लामा भूमि आयोगका पदाधिकारीहरुको नियुक्त गरेका छन् ।

आयोग गठन आदेश २०७६, को दफा ८ को उपदफा (१) बमोजिम जिल्ला समितिमा रहने अध्यक्ष, विज्ञ र सदस्य गरी तीन–तीन जना नियुक्त गरिएको हो । मन्त्रालयद्वारा नियुक्त भएका पदाधिकारीहरुलाई माघ २४ गते अभिमुखीकरण र सपथ ग्रहण गराईने जनाईको छ ।

राजपत्र भाग ५ मा प्रकाशित भए अनुसार आयोजको सप्तरी जिल्ला समितिको अध्यक्षमा देवनारायण चौधरी, विज्ञमा जयप्रकाश ठाकुर र सदस्यमा जित कुमारी पौडेल रहेका छन् । सिरहाको अध्यक्षमा गंगा प्रसाद यादव, विज्ञमा उदयकुमार साह, सदस्यमा सम्झना थपलिया, महोत्तरीको अध्यक्षमा राजेन्द्र साह तेली, विज्ञमा कृष्ण प्रसाद बराल र सदस्यमा चन्द्रलाल क्यापछाकी, धनुषाको अध्यक्षमा राम चरित्र साह, विज्ञमा दुर्गाहरि ग्यावा तामाङ्ग र सदस्यमा गीता कुमारी साहलाई चयन गरिएको छ ।

सर्लाहीको अध्यक्षमा रामकुमार राय यादव, विज्ञमा सुरेश कुमार साह, सदस्यमा संजिता घिमिरे उप्रेती, रौतहटको अध्यक्षमा उद्धव प्रसाद रेग्मी, विज्ञमा राजेश कुमार साह, सदस्यमा विणा देवी रहेकी छिन् । बाराको अध्यक्षमा अम्बिका प्रसाद चौलागाई, विज्ञमा उमेश प्रसाद साह, सदस्यमा चयन गुरुङ्ग, पर्साको अध्यक्षमा विना देवी शर्मा, विज्ञमा शिवजी प्रसाद कानु र सदस्यमा विमल पौडेल रहेका छन् ।
विस्तृत हेर्नुहोस्

Bhumi

Author:



क्याटोगरी छान्‍नुहोस