उपेन्द्र यादव बर्दियामा, जिल्ला अधिवेशनको उदघाटन सत्र सुरु

काठमाडौं २२, जेष्ठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको एकताको प्रथम अधिवेशनको उद्घाटन गरेका छन् ।

मधेश आन्दोलन लगायत अन्य ज्ञात अज्ञात शहीदलाई सम्झदै पानसमा बत्ति बालेर अधिवेशनको खुला सत्रको उद्घाटन भएको छ । अधिवेशन सत्रको उदघाटन गर्न जसपा नेपालको केन्द्रीय नेतृत्व बिहिबार दिउँसो नेपालगञ्जबाट गुलरियाको लागि प्रस्थान गरेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ ।

नेपालगञ्ज पछि पश्चिम नेपालको बर्दिया जिल्लामा पनि बलियो पकड बनाउँदै गएको जसपा नेपालको केन्द्रीय नेतृत्वले अधिवेशनको खुला सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । जसपा नेपालले लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर संगठन निर्माण अभियानलाई पछिल्लो समय झन प्रभावकारी ढंगले अघि बढाउँदै गएको सचिवालयले जनाएको छ ।

अधिवेशनमा उद्घाटन समारोहको प्रमुख वक्ता रहेका अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र केन्द्रीय सचिव कमरुद्दीन राईन, केन्द्रीय सदस्य सिपी सिंह, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव लगायतका केन्द्रीय नेतृत्व गुलरिया पुगेको छन् ।
भोलि शुक्रबार जिल्ला अधिवेशन उदघाटन गर्न अध्यक्ष यादवसहित जसपा नेपालको केन्द्रीय नेतृत्व कपिलबस्तु प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
बुधबार मात्रै अध्यक्ष यादवले नेपालगञ्जमा बाँके जिल्लाको अधिवेशन सत्रलाई उदघाटन गरेका थिए । कपिलबस्तुको जिल्ला अधिवेशन उदघाटन गरेर अध्यक्ष यादव काठमाडौं फर्किने कार्यक्रम छ ।

Author:



क्याटोगरी छान्‍नुहोस